काठमाडौं— सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि बिहीबार फिर्ता लिएका छन् ।

यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

OM Sai Pathibhara Hospital

महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको हो । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीसहित सर्वसाधारण समेत  विरोध प्रदर्शनमा सहभागी भएका छन् ।