काठमाडौं- योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

डा मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

OM Sai Pathibhara Hospital

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा। मिश्रले जानकारी दिए।