एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले निर्वाचन जिते सरकारमा टेस्ला कम्पनीका मालिक एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन् । 

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले मस्क वौद्धिक व्यक्ति भएको भन्दै सल्लाहकार बनाउन आफू तयार रहेको बताए । 

OM Sai Pathibhara Hospital

मस्कले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पको अन्तवार्ता लिएका थिए । अन्तरवार्तामा ट्रम्पले मस्कको अटोमोबाइलको प्रशंसा गर्दै सबैले विद्युतीय कार खरिद गर्नुपर्ने बताएका थिए । 

मस्कले यसअघि सन् २०२० को चुनावमा राष्ट्रपति जो बाइडेनलाई समर्थन गरेको बताएका थिए ।