एजेन्सी- पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको छ । 

मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजार भन्दा बढी प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई-१ देखि अगस्ट-१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । 

यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । वर्षाले बलुचिस्तान प्रान्तका १६ वटा जिल्ला प्रभावित भएका छन् । 

प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपत्काल घोषणा गरेको छ ।