एजेन्सी- चीनमा पूर्व फुटबल पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय तोकेको छ । 

हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले सोमबार चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । 

OM Sai Pathibhara Hospital

उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवाना तोकेको छ । भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । 

ली १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो पदको दुरुपयोग गरेको अभियोगमा गत मार्चमा दोषी ठहर भएका थिए । 

लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी साङ्घाईको खेलकुद प्रशासनको प्रमुख थिए ।