काठमाडौँ- ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा सोमबार आगलागी भएको हो ।

बज्राचार्यको तीनतले घरमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।