पूर्वी नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।
आज बिहान कावासोती नगरपालिका-४ चिलाहमा कुलोमा बगेर स्थानीय ११ वर्षिय शिविर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
बालक बगेको जानकारी पाएपछि खटिएको प्रहरीसहितको उद्धार टोलीले केही तल बिकको शव फेला पारेको हो ।