काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताएका छन्। 

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । 

OM Sai Pathibhara Hospital

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो । उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए । 

त्यो सम्बन्धले पार्टीलाई एकतावद्ध बनाउन मद्दत पुर्‍याएको अध्यक्ष दाहालको भनाई थियो । पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए ।

अध्यक्ष दाहालले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठकहरु सञ्चालन गरेको पनि बताएका छन्।