काठमाडौं।  सरकारले रिक्त रहेका २० राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार तीन हजारभन्दा बढी आवेदनको अध्ययन भइरहेको छ र योग्य उम्मेदवारको नाम अर्को साताभित्र मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ।


भारत, अमेरिका, चीन, बेलायत, जापान, दक्षिण कोरियालगायत १६ देशमा राजदूत पद रिक्त छन्। साथै इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र भियनास्थित संयुक्त राष्ट्रसंघीय नियोगमा पनि नयाँ राजदूत नियुक्त गरिने तयारी छ।


यसपटक पहिलोपटक खुला आवेदन प्रणालीमार्फत राजदूत छनोट प्रक्रिया अघि बढाइएको हो। सरकारले राजनीतिक नेतृत्व र करिअर कूटनीतिज्ञ दुवै समूहबाट योग्य व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको जनाएको छ।