काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा गत बिहीबार (साउन ३१) गते भएको सवारी दुर्घटनाबारे छानबिन गर्न समिति बनेको छ। भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो। 

दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले उक्त समितिलाई कार्यादेश दिएको छ।

OM Sai Pathibhara Hospital

गृहमन्त्री रमेश लेखकले गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए। 

उक्त निर्देशनपछि शुक्रबार बनेको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि कोइराला सदस्य रहेका छन्।

भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो।