हेटौडा— बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले यही भदौ ४ गते मङ्गलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रदेश सरकारको यो निर्णयसँगै गाईजात्रा पर्वमा बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।  

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा पर्वका दिन भदौ ४ गते सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए । 

यसअघि २०७८ सालमा पनि बागमती प्रदेश सरकारले गाईजात्रा पर्वमा सार्वजनिक बिदा दिएको थियो ।