कञ्चनपुर— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ ।

OM Sai Pathibhara Hospital

आज बिहान ८ बजेदेखि भोलि बेलुकासम्म बाँध सफा गर्न ढोका खोल्न लागिएकाले महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । 

Mahakali