काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढीपछि दुधकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।  प्रशासन कार्यालयले सूचना जारी गर्दै दुधकोशी किनाराका सर्वसाधारणहरूलाई सुरक्षित रहन भनेको हो ।

‘दुधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दालाई यथाशक्य चाँडो सुरक्षित स्थानमा गई सुरक्षित रहनुहुन सम्पूर्णमा जानकारी गराइन्छ’, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जारी गरेको सूचनामा भनिएको छ ।  

OM Sai Pathibhara Hospital

शुक्रबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढी आएको थियो । उक्त बाढी दुधकोशी नदीमा पुगेको छ ।  बाढीमा परि १४ घर बगाउनुका साथै सात घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।