ताप्लेजुङ—  फक्ताङलुङ गाउँपालिका वडा नं-६ सेकाथुम नजिकैको गौथली भिरबाट आएको पहिरोले दुई घर बगाएको छ । पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैंची बगानमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए ।

होटेल सञ्चालक समेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति भएको छैन । बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराले दुई घर बगाएको छ ।

OM Sai Pathibhara Hospital

बाढी पहिरोले पर्यटकीय गाउँ घुन्सा लगायत कञ्चनजंगा आधार शिविर जाने पदमार्ग अन्तर्गत घुन्सा खोलाको पुल समेत बगाए यातायात सम्पर्क टुटेको छ । पहिरोले तल्लो लामाटारमा रहेको घुन्सा खोलाको झोलुङ्गे पुल बगाएपछि पर्यटकीय घुन्सा गाउँ लगायत (कञ्चनजंघा आधार शिविर जाने बाटो) यातायात अवरुद्ध भएको छ ।