लमजुङ- लमजुङमा रूख ढलेर किच्दा वृद्धाको मृत्यु भएको छ। आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। 

प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रूख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ। पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ।