हेटौंड- चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।


OM Sai Pathibhara Hospital

शनिबार (आज) दिउँसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए। 

उनका अनुसार अन्दाजी २५/३० बर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन्। उनको पहिचान खुलेको छैन।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।