काठमाडौं–सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही हप्तादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको हो ।

मन्त्रालयले ज्यान गुमाएका व्यक्तिहरूका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विज्ञप्तिमा बङ्गलादेश सबै तनावबाट शान्ति र संयमताका साथ लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विश्वास व्यक्त गरिएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयले बङ्गलादेशी नागरिकहरूको सुरक्षित सङ्क्रमण सुनिश्चित गरी शान्ति र स्थिरताका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ । बङ्गलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् ।