काठमाडौँ। बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पहिरोले पुरिँदा तीनजना बेपत्ता भएका छन्।  जोगलाल बुढाकी श्रीमती र दुई छोरी पहिरोमा बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

घटनास्थल पुग्ने सडक अवरुद्ध हुँदा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न सकेका छैनन्। सुरक्षाकर्मी पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले जानकारी दिए। केही क्षणमा प्रहरी घटनास्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए। रासस