काठमाडौं–बिहारको वैशाली जिल्लामा करेन्ट लागेर नौ कन्वारियाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँको हो ।
घटना आइतबार राति १०:४५ बजे भएको थियो । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै गाडीमा हाई भोल्टेज तार खस्दा कन्वारियाको मृत्यु भएको हो ।