काठमाडौं–पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । धादिङको गजुरी–५ स्थित बाङे मोडमा सुख्खा पहिरो खस्दा गुडिरहेको माइक्रोबसमा क्षति पुगेको हो । दुर्घटनामा केही यात्रु घाइते भएका छन् । पहिरो राजमार्ग रोकिएपछि काठमाडौं भित्रने र बाहिरने सवारी साधन प्रभावित भएका छन् ।

पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी गजुरी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ६५१५ नम्बरको माइक्रोबसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । धादिङ प्रहरीका अनुसार उनीहरुको पहिचान खुलेको छैन ।