काठमाडौँ- ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोपआसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

OM Sai Pathibhara Hospital

यसअघि १३ साउनमा ताप्लेजुङकै खेजेनिमआसपास केन्द्रविन्दु भएर ४ दशमवल १ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।