काठमाडौं–दाङको घोराहीमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार साँझ घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौरीकुलामा विपरीत दिशाबाट आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३९ वर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते भएका थिए ।

OM Sai Pathibhara Hospital

उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

अहिले मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।

प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।