काठमाडौं–युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ । 

युक्रेनका जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै सन् २०१४ मा प्रक्षेपण गरिएको रुसको किलो वर्ग युद्ध पनडुब्बी रोस्तोभ–अन–डोन शुक्रबार मिसाइल आक्रमणबाट डुबेको बताएको छ । 

OM Sai Pathibhara Hospital

रुसी पनडुब्बी रोस्तोभ–अन–डोनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा यो हमला गरिएको थियो । यो पनडुब्बी रुसको ब्ल्याक सी (कालो सागर) मा तैनाथ रहेका चार पनडुब्बीमध्ये एक हो । 

रुसको रक्षा मन्त्रालयले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी अधिकारीहरुका अनुसार यस हमलामा रुसले गैरकानुनी रुपमा कब्जा गरेको क्षेत्रको सुरक्षा गर्दै आएका चार एस–४०० वायु रक्षा प्रणाली पनि ध्वस्त पारिएको छ ।