काठमाडौं–निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्त:शुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित अर्याललाई विशेष अदालतको आदेशमा रिहा गरिएको हो । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उहाँलाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो । 

OM Sai Pathibhara Hospital

अर्याल सहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार बढी विगो दावी गर्दै  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।