काठमाडौं–घर भत्किएर च्यापिएकी बालिकाको उद्दार गरिएको छ । वीरेन्द्रनगर नगरपालिका १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किएपछि उनकी छोरीशुशिला बुढा च्यापिएकी थिइन् । खबर पाएपछि तत्कालै सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरेर थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ । उनको दुबै खुट्टामा चोट लागेको छ ।





 
                     
                                        
                                                                                                 
        








 
        





























 
        