काठमाडौं–कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक विदा दिइएको छ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा विदा दिइएको हो ।

मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नकर्मी नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनमा प्रमुख पदमा निर्वाचित भएका थिए ।