काठमाडौं-  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म 'खतरामुक्त' रहेको छ ।

आँखा र टाउकोमा चोट लागेको अवस्थामा भेटिनुभएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार क्याप्टेन शाक्य बोल्ने अवस्थामा हुनुहुन्छ भने उनको शरीरमा जलन देखिएको छैन । पाइलट शाक्यको शरीरमा चोटमात्र देखिएको अवस्था छ ।

OM Sai Pathibhara Hospital

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

३५ वर्षीय शाक्य २०७७ माघदेखि सौर्य एयरलाइन्सको सञ्चालन निर्देशक हुनुहुन्छ । फिलिपिन्सबाट पाइलटको प्रारम्भिक तालिम सकेर आएपछि सन् २००९ मा उनले नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स पाएका थिए।