काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दै यस्तो निर्णय गरेका हुन् । बाइडेनले एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

OM Sai Pathibhara Hospital

अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो । बहसमा बाइडेनको प्रदर्शन निराशाजनक भएको भन्दै डेमोक्र्याट पार्टीका नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए ।

जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्नुलाई राष्ट्र र पार्टीको हितमा गरिएको निर्णय भनेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।’