काठमाडौं–पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको बयान दिएका छन् । हालै आफूमाथि भएको घातक हमलालाई उद्धृत गर्दै उनले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति चुनावमा प्रचारप्रसार गरिरहेका ट्रम्पले हमलापछि पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफू ह्वाइट हाउस फिर्ता लिन तयार रहेको पनि बताए ।

OM Sai Pathibhara Hospital

मिशिगनमा भएको सभामा सहभागीहरूले पेन्सिलभेनियामा भएको गोलीकाण्डबाट आफूहरू नडराएको प्रतिकृया दिएका छन् । गत हप्ता डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको अनुसन्धान भइरहेको छ । गोली ट्रम्पको कान छोएर निस्किएको थियो ।

गत शनिबार, ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा इयरप्लग लगाएर आइपुगे पनि मिशिगनको चुनावी सभामा उनको कानमा केही देखिएन् । उनीसँग रिपब्लिकन पार्टीका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्स पनि थिए ।