एजेन्सी— थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार  ६ भियतनामी नागरिक मृत भेटिएका छन्।

ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ। 

OM Sai Pathibhara Hospital

बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरेका छन् । 

प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थिए उनले यो घटनामा सातौँ भियतनामी संलग्न रहेको आशंका गरे।