एजेन्सी— कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

प्रहरीका अनुसार लगातार दुई दिन शव फेला परेको थियो । यस घटनाबारे अहिलेसम्म कुनै पनि तथ्य नभेटिएकाले पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्ने प्रहरी प्रमुख  डगलस कान्जाले प्रतिबद्धता जनाएका छन् । उनले अनुसन्धानमा जनसहयोगका लागि आह्वान पनि गर्नुभएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

केन्यामा गएको महिना सरकार विरोधी प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए । कान्जाले यसै हप्ता मात्र पदभार ग्रहण गरेका हुन् ।