काठमाडौं— अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सलभेनिया राज्यको बट्लरमा चुनावी  र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली प्रहार भएको छ। यस पटक ट्रम्पले टेलिप्रम्पटर प्रयोग नगरेका कारण ज्यान जोगिएको चर्चा चलेको छ।

आफ्नो भाषणका लागि सधैं टेलिप्रम्पटरको प्रयोग गर्ने गरेको भए तापनि यसपटक भने टेलिप्रम्टरको प्रयोग गरेनन् । 

OM Sai Pathibhara Hospital

टेलिप्रम्पटर तयारी अवस्थामै थियो तर ट्रम्पले  र्‍यालीलाई सम्बोधन गर्दै ‘आज म टेलिप्रम्पटरको प्रयोग नगरी आफ्नो कुरा सीधै भन्छु’ भनेका थिए । त्यति नै बेलामा उनीमाथि गोली प्रहार भएको थियो। टेलिप्रम्पटर प्रयोग नगरेको कारण ट्रम्पको टाउको दायाँबायाँ घुमेको कारण गोली छलिएर उनको कानलाई छोएर मात्रै निस्केको अनुमान गरिएको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन उम्मेद्वार ट्रम्पले निर्वाचनमा मत जता पनि ढल्किन सक्ने बट्लरका समर्थकहरूलाई सम्बोधन गर्न सुरू गर्नेबित्तिकै उहाँमाथि गोली प्रहार भएको हो । गोलीले उहाँको दायाँ कानको माथिल्लो भाग छेडेको ट्रम्प स्वयंले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् । 

अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार उनलाई पेन्सिल्भेनियाकै बेथल पार्कका निवासी २० वर्षीय थमस म्याथ्यू क्रुक्सले गोली प्रहार गरेको थियो। 

शृंखलाबद्ध गोली चलेपछि सिक्रेट सर्भिसका अधिकारीहरूले ट्रम्पलाई घेरा हालेर मञ्चबाट बाहिर निकालेर उनको गाडीमा राखेका थिए। त्यसपछि ट्रम्प न्यूजर्सीस्थित आफ्नो घरमा फर्किएका थिए । 

क्रुक्सले कार्यक्रमस्थलभन्दा बाहिरको अग्लो संरचनाबाट गोली प्रहार गरेको बताइएको छ। उनलाई पनि सिक्रेट सर्भिसका अधिकारीहरूले तत्काल गोली हानेर मारेको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले पुष्टि गरेका छन् । 

२० वर्षे युवकले हानेका थिए गोली

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ। एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ।

पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्वराष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ। युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।