काठमाडौं— भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा  प्रहरी हवलदारसहित ४ जना पक्राउ परेका छन् ।

ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवलदारसहित ४ जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्ने प्रहरी हवलदार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’मा कार्यरत रहेका छन् ।

पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।