पाल्पा । तानसेनमा किसानले उत्पादन गरेको तरकारीको अनौठो तरिकाले प्रचार गरेका छन्। जहाँ तरकारी जात्रा देखाइएको छ। युवायुवतीले शरीरभर तरकारी लगाएर प्रदर्शन गरेका थिए।

शीरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग तानसेन बजारमा सेल्फी खिच्नेको भीड नै लागेको थियो ।
तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो।
कलाकारहरू गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरू शरीरभरी लगाएर जात्रा देखाएका थिए।