काठमाडौं  ।   मेलम्चीको पानी काठमाडौंमा नियमित हुने भएको छ । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

IMG-20240326-WA0001 3

OM Sai Pathibhara Hospital

समितिका अनुसार मुहानको पानी धमिलो नभएसम्मका लागि पानी नरोकिने भएको हो । मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए । 

उनले भने, 'आयोजनाको मुख्य हेडबक्समा पानी थिग्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था छ । विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आए पनि आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको हो ।'

मनसुनको सक्रियतासँगै मेलम्चीमा बाढी आउने अवस्था आए मुहान बन्द गर्नेगरी सावधानीका सबै उपायहरु अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको उनले बताए । बाढी आएको अवस्थामा १५ मिनेट भित्रमा सबै टनेल बन्द हुने उनले बताएका छन्।