Screenshot_2024_0201_102510 1काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का उप अनुसन्धान निर्देशक(एसपी) र प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)हरुको ठूलो संख्यामा सरुवा भएको छ । सरुवासँगै धेरै जसो जिल्लाका अनुसन्धान प्रमुख फेरिएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोरङमा तिलक प्रसाई, इलाममा तुलसी प्रसाई, उदयपुरमा कुमार बुडाथोकी, चितवनमा मनोज ढकाल, काभ्रेमा शेरजंग चन्द तथा तनहुँमा कमल भट्टराईको सरुवा भएको छ । बर्दियामा एसपी पवन जोशी, दाङमा रमेश डाँगी, कैलालीमा मोहन कुँवर, कञ्चनपुरमा नरेश भट्ट, गोरखामा हुमकान्त पाण्डे, पूर्वी नवलपरासीमा अशोक भट्ट, सिन्धुलीमा सुवास खड्का, धादिङमा नरेन्द्र गिरी, पाल्पामा जयन्द्र उपाध्याय, पश्चिम नवलपरासीमा विमल घिमिरेलाई पठाइएको छ ।

कपिलवस्तुमा गोपाल पन्थी, सिन्धुपाल्चोकमा राजन प्रजापति, नुवाकोटमा लक्ष्मी पौडेल, सर्लाहीमा सुदीप अधिकारी र झापामा कुलचन्द्र नेपालको सरुवा भएको छ। पर्सामा दिलिप सिंह, रौतहटमा अभिनय सिंह, बारामा दीपक खड्का, धनुषामा गणेश आचार्य र स्याङजामा सुशान्त बरालको सरुवा भएको छ ।