काठमाडौं । व्यवसायी अरुण चौधरी प्रक्राउपछि निजी क्षेत्रका तीन वटै संगठन सक्रिय भएका छन्। व्यवसायीमाथि सरकार नियोजित रुपमा लागेको भन्दै तीन संगठनले त्यसको विरोध गरेका छन्। 

सरकारले पहिले सुन्ने, त्यसपछि सुन्ने काम नगरेको भन्दै निजी संगठनले आपत्ति जनाएका हुन्। नेपाल उद्योग परिसंघले बिहीबार नै पत्रकार सम्मेलन गरेर सरकारको कार्यशैलीको विरोध गर्ने भएको हो। 

OM Sai Pathibhara Hospital

सिएनआईले अहिले साढे ५ बजे पत्रकार सम्मेलन गरेर सरकारको रबैयाको विरोध गर्ने भएको हो। देशमा लगानी सम्मेलन हुने तरखर छ। अहिले त्यसको तयारी चलिरहेका बेला राज्य आतङ्क सुरु भएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताएका छन ।