काठमाण्डौ  ।   बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह गाउँपालिका–२ का ८४ बर्षका दलबहादुर बुढाको मृत्यु भएको हो।

राति घरमा चट्याङ परेको थियो। चट्याङ लागेर घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन्।

OM Sai Pathibhara Hospital

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।