झापा  ।  सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले थप तीनवटा  झापामा बोर्डर आउटपोस्ट बिओपीको स्थायी संरचना निर्माण गरिएको हो । 

झापाको गौरीगन्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी थपिएको छ । गौरीगन्ज– २ मा बिओपी लालमाटी, गौरीगन्ज– ४ मा बिओपी अल्तामारी र कचनकवल– ५ मा बिओपी डागाबारी स्थापना भएको छ । Screenshot_2024_0201_063138

OM Sai Pathibhara Hospital

बुधबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललगायतले संयुक्त रूपमा  बिओपीहरुको उद्घाटन गरेका छन । बिओपी लालमाटीमा भएको कार्यक्रमबाट संयुक्त रूपमा तीन बिओपीको पक्की संरचनाको उद्घाटन भएको भएको छ। अब भारतसँग १४४.२ किलोमिटर सीमा जोडिएको झापामा सीमा सुरक्षाका लागि प्रस्तावित चार गुल्म र १७ बिओपी तैनाथ रहेका छन। अझै विभिन्न १५ स्थानमा बिओपी निर्माणका लागि प्रस्ताव गरिएको छ । 

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायबमहानिरीक्षक अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमामा हुने अपराध नियन्त्रणमा सशस्त्र प्रहरी तैनाथ रहेको बताएका थिए । पोखरेलले सीमामा हुने अपराध रोक्न सके आन्तरिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने भन्दै सीमामा सशस्त्र प्रहरीले शून्य सहनशीलता अपनाएर काम गरिरहेको बताएका थिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले बिओपी निर्माण भए पनि त्यहाँ आवश्यक सामग्री नरहेकाले त्यसको व्यवस्थापनमा जुट्नुपर्ने बताए । Screenshot_2024_0201_075609

बिओपी लालमाटी स्थानीय बिनिता नेम्वाङ लिम्बूले दिएको सात कठ्ठा जमिनमा बनेको छ । उक्त बिओपीको पक्की भवन एक करोड ९७ लाख ७५ हजार ६४० मा निर्माण भएको हो । बिओपी आल्तामारी स्थानीय बबिताकुमारी साहले दिएको पाँच कठ्ठा जमिनमा बनेको छ । उक्त बिओपीको संरचना ८३ लाख ४४ हजार २५९ रुपैयाँ लागतमा बनेको हो। बिओपी डाँगीबारी स्थानीय उपेन्द्रप्रसाद आचार्यले दिएको सात कठ्ठा जग्गामा बनेको छ । उक्त बिओपी ८३ लाख ७२ हजार ७९३ रुपैयाँमा बनेको सशस्त्र प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, दलित, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र र सीमान्तकृत समुदायका छात्राछात्र मध्ये सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट अंक ल्याउने १५ जनालाई बार्षिक १२ हजारका दरले शैक्षिकवृत्ति दिने र २ जनालाई एपीएफ स्कुलमा कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने योजना अघि सारेको जानकारी दिए । सशस्त्र प्रहरीबाट कुनै कमजोरी भएमा खबर गर्न र आफु त्यस्ता खराब कार्य गर्ने प्रहरीलाई कारबाही गर्न तयार रहेको बताए ।कार्यक्रममा बीओपी स्थापनाका लागि जग्गा दिने दाताहरुलाई सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक किशोर श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली काँग्रेस जिल्ला सभापति देउमान थेबे, विभिन्न सङ्घसंस्था र राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी, वडा अध्यक्षहरू, सीमा सहजीकरण समितिका पदाधिकारीहरू, समाजसेवी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।