काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । 

सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ । 

OM Sai Pathibhara Hospital

छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्यसैगरी सिसिटिभी फुटेज हेर्न जाँदा भएको घटनामा उपस्थित रहेका डिएसपीलाई पनि अनुशासन सम्बन्धी कारवाहीको लागि सिफारिस गरिएको एक अधिकारीले प्रशासनलाई जानकारी दिए । 

प्राप्त रिपोर्ट कार्यान्वयनका लागि गृह सचिवले पठाईसकेका छन् ।चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका थिए ।