काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहने भएकोले कार्यवहाक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

OM Sai Pathibhara Hospital

पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन् । सभापति लामिछाने शनिबार र आइतबार भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।