काठमाण्डौ । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । जिल्लाको सोरुगाँउपाली–६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोली रहेका छन् । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले जानकारी दिए । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका,पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका र ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने बताए ।