काठमाण्डौ । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ ।

जिल्लाको बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार, बिहीबार साँझ बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका लागि बेनी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको टाउको र छातीमा चोट लागेको छ ।

यस्तै, थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।