काठमाडौं ।  राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।

निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला बिजयी भएकि छन । मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी विजयी हुनुभएको छ भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन ।FB_IMG_1706194463367

OM Sai Pathibhara Hospital

बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएका छन । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन। लुम्बिनी प्रदेशमा महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन ।

कर्णाली प्रदेशमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, कर्णाली प्रदेशमा दलिततर्फ माओवादीका विष्णु विक र अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया बिजयी भएका छन । त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिला क्लस्टरमा माओवादी केन्द्रकी रेनु चन्द र अन्य कलस्टरमा कांग्रेसका बलदेव बोहरा बिजयी भएका छन ।

विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेपछि अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन भएको हो । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।