मोरङ  ।  सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा सोमवार दिउँसो सवा २ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका-६ नहरचौक स्थीतमा रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो ।

OM Sai Pathibhara Hospital

बरामद गाँजा सहित अटो चालक सुनसरीको धरान उप-महनगरपालिका-११ का २९ बर्षिय कुमार तामाङ र अटोमा सवार ३० बर्षिय राम बहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरीरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ । 

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सोमबार भारतको अररीया जोगबनी-११ धर्मशालाका २० बर्षिय बिशाल पोदारलाई बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाट स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानिले जनाएको छ ।