काठमाडौं । आज मंगलबारदेखि लागू हुने गरी काठमाडौंको न्यूरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने भएकोछ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा कालोपत्रेको काम सुरु भएकाले पार्किङमा रोक लगाइएको जनाएको छ ।

महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । महानगरका अनुसार सवारी साधन अब काठमाडौं टावरमा गर्न पाइने व्यवस्था गरिएको छ । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था छ ।

OM Sai Pathibhara Hospital

काठमाडौं टावरमा निशुल्क पार्किङ गर्न मिल्ने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।