बिर्तामोड  ।   माघ ११ गते(बिहिबार) हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धन गरेका छन्।FB_IMG_1705935011389

एमाले र राप्रपाले कोशीमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका छन। कोशी प्रदेश एमालेका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

OM Sai Pathibhara Hospital

एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन्। 

FB_IMG_1705935007333