मोरङ  ।  इलाका प्रहरी कार्यालय चतरा, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्री र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान प्रकाश राई २०८० साल पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन ।  

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्रीले २६६ किलोग्राम अवैध लागू औषध गाँजा बोकेको मे. १ च ५१९ नम्बरको एम्बुलेन्स, प्रदेश १-०२-०४७ प १२१६ नम्बरको मोटरसाईकल र  को. २६ प ९४६३ नम्वरको स्कुटर सहित गाँजा ओसार पसारमा संलग्न भोजपुर हतुवागढी गाउँपालिका-४ का ३३ बर्षिय भुवन तामाङलाई पक्राउ गरेको साथै ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ का योगेन्द्र लिम्बुलाई पक्राउ गर्न सफल भएको र प्रहरी जवान प्रकाश राईले कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको फैसलाले जनही ३ वर्ष कैद सजाय भई विगत ३० वर्ष देखि फरार रही ललितपुर महानगरपालिका-२५ स्थितमा डेरा गरी बस्दै आएका भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ का ४६ बर्षिय पूर्ण हाङ राई समेत ६ जना प्रतिवादीहरूलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत भोजपुरमा बुझाउन सफल भएको थिए।

OM Sai Pathibhara Hospital

उनिहरुलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उनिहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको हो ।