काठमाण्डौ । आइतबार बेलुका ८ बजे तनहुँको देवघाट गाउँपालिका २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकमा दमौलीबाट छिपछिपे जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनि ट्रक बाँया साईडबाट सडक देखी अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
तनहुँ प्रहरीका अनुसार ट्रकमा तीन जना सवार थिए। दुर्घटनामा देवघाट गाउँपालिका-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरूङ र ४५ वर्षीया बिमाया गुरूङको मृत्यु भएको छ ।
ट्रकका चालक भने बेपत्ता रहेको र उनको खोजतलास कार्य जारी रहेको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।