काठमाण्डौ  ।  पाल्पामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रम्भा १ का २८ वर्षीय हेमन्त जिटी रहनुभएकाे छ ।

कालीगण्डकी काेरिडाेर अन्तरगत भुवरमा ग १४ प ३७५ नम्बरकाे माेटरसाइकल सडकदेखि नदीकिनारमा खसकाे थियाे । दुर्घटना आइतबार राति १० बजेतिर भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।